आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट मनग्य लाभ हुनेछ। मनग्य धनलाभ हुनुका साथै ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधनसमेत जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ।
आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। पुरुषार्थी कामको यश अरूकै हातमा जान सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : समयमै गम्भीर नबन्दा समस्या थपिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने समय छ।
आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : प्रयत्न गर्दा प्रशस्त फाइदा हुने दिन छ। उपहारले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ। अतिथिको रूपमा सत्कार समेत प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।
आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। शत्रु र प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ।
आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउलान्।
आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ। तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ। प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला। पहिलेका कर्मको प्रतिफल पाइनेछ।
आज मिति २०७३ साल भाद्र ६ गते तद्नुसार नेपाल सम्वत् ११३६ गुँलागा चतुर्थी सोमबार : नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुनेछ।