हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

तीन वर्षीया विदेहाको चित्रकला परिषद्मा

इन्फोनेपाल संवाददाता/ विविध - October 2, 2016

काठमाडौं, असोज १६
बबरमहलस्थित नेपाल कला परिषद्मा तीन वर्षीया विदेहा रञ्जनले बनाएका चित्रकलाको आज प्रदर्शनी गरिएको छ । ‘सिर्जनाको बिहानी’ शीर्षक दिइएको उक्त एकल चित्रकला प्रदर्शनीमा उनी नौ महिना हुँदादेखि कोर्न थालेका चित्रकला राखिएको छ ।

आजको दिन आफ्नो तेस्रो जन्मदिन मनाउँदै गरेका बेला उनका बाबु पल्लव रञ्जनले उपहार स्वरुप उक्त प्रदर्शनी गरिएको बताए । पल्लव स्वयम पनि कलाकार तथा लेखक हुन् ।

उनले भने, ‘बच्चालाई कहिल्यै पनि के चित्र बनाउने भनेर सिकाउने हैन, चित्र कोर्न आवश्यक पेन्सिल, कलर, मार्कर दिएर छाडिदिने हो । सिकाउन थाल्यो भने हामीले बनाएको चित्र नै कपी गर्ने मात्र हुन्छ । उनीहरूको सिर्जना निस्कन पाउँदैन ।’

विदेहाकी आमा भगवतीले छोरीले बिहान ६ बजे उठिसक्दा नै चित्र कोर्न थालिसक्ने बताए । उनले भने, ‘हामी सबै सुतिरहेका बेला उनी उठेर चित्र कोरिरहेकी हुन्छिन् । उनी जुन ठाउँमा पुग्छिन्, त्यहीँ वरिपरि देखेका चिजको चित्र बनाउँछिन् ।’

विदेहाको चित्रमा विभिन्न जनावर, व्यङ्ग्यचित्रका पात्र, पुतली, परिवारका सदस्य, हाँस, कुखुरा, मादल, बाँसुरी, मःम जस्ता चित्र देख्न सकिन्छ ।

प्रदर्शनीमा ८० चित्रकला देख्न सकिन्छ । प्रदर्शनीले बाल मनमस्तिष्कभित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिवर्तन, बौद्धिकता, सिर्जनशीलता, शारीरिक र रचनात्मक क्षमता अभिवृद्धिसम्बन्धी चेतनालाई देखाउने कोसिस गरेको छ ।
रासस

भूकम्पको धक्का महसुस

बैतडी, माघ २८ सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । ।

स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं, माघ २८ स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिन देखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा...

सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

खोटाङ, माघ २८ सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ । दिक्तेलको...