हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

ललितपुरमा जथाभावी फोहोर फाल्नेहरूलाई रु. ३० हजार जरिवाना

इन्फोनेपाल संवाददाता/ मेरो नेपाल सफा नेपाल - September 27, 2016
fhohar

ललितपुर, असोज ११
घर–घरमा संकलन गरेर राखिएको फोहोर गाडीले लिन नआएको बेला जथाभावी रूपमा फोहोर फाल्नेलाई रु. ३० हजारसम्मको जरिवाना तिराएको छ ।

घर–घरबाट संकलन गरिएको फोहोर जथाभावी रूपमा फोहोर फाल्ने गरेको भेटिएपछि जरिवाना तिराइएको ललितपुर उपमहानगरपालिकाका प्रवक्ता रुद्र गौतमले जानकारी दिए ।

बाटोमा फोहोर फ्याँकेको भेटिएपछि ललितपुर विकास संस्थाको फोहोर उठाउने गाडी पनि नियन्त्रणमा लिइएको छ । उपमहानगरपालिकाले फोहोर फाल्नेलाई कडाईका साथ जरिवाना गर्न थालेपछि जथाभावी फोहोर फाल्ने क्रम घटेको उनले बताए ।

जथाभावी फोहोर फाल्ने व्यक्तिलाई एक हजारदेखि बढीमा १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने गरिएको छ । ललितपुरमा दैनिक ९० टन फोहोर उत्सर्जन हुने गरेको छ ।