हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

धेरै बोल्नेभन्दा पनि यो काम गर्ने बेला हो : प्रधानमन्त्री

इन्फोनेपाल संवाददाता/ राजनीति - August 21, 2016
index

काठमाडौं, भाद्र ५
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकायको निर्वाचन गर्न सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताए ।

नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा कुरा गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्दै स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न संविधानप्रति असन्तुष्ट दलहरूसँग छलफल भइरहेको बताए । प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार मधेशी, दलित, महिला र मुस्लिम समुदायसहितको समावेशी हुनेसमेत जानकारी दिए ।

तराई, हिमाल पहाडलाई आन्तरिक एकतामा एकताबद्ध गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो । पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि प्रधानमन्त्री दाहालले बताए ।

“धेरै बोल्नेभन्दा पनि यो काम गर्ने बेला हो, त्यसैले जनतालाई सुशासन दिनेतर्फ सरकार केन्द्रित रहेको छ” – प्रधानमन्त्री दाहालले बताए ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...