हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

विश्वकप यात्रा सकिएको छैन : नेपाली क्रिकेट टोली

इन्फोनेपाल संवाददाता/ खेलकुद - August 19, 2016
Nepali Cricket Team

काठमाडौं, भाद्र ३
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप खेल्न नेदरल्याण्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ ।

नेपालले नेदरल्याण्ड्समा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र समान हारको नतिजा निस्कियो । गत श्रावण २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई सात विकेटको नतिजा सुम्पियो भने दोश्रो खेलमा सानदार प्रदर्शन गर्दै १९ रनले पराजित गरेको थियो ।

जारी लिग च्याम्पियनशीप प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्ससहित हङ्ककङ्क, पपुवा न्युगिनी, स्कटल्याण्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन् ।

आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आईसीसी विश्वकप छनौट खेल्ने अवसर पाउने छन् । विश्वकप खेल्ने महत्वपूर्ण खुट्किलोका रूपमा रहेको प्रतियोगितामा नेपाल छ अङ्कका साथ छैटौँ स्थानमा छ ।

तर नेपालले अब हङ्ककङ्क, केन्या र युएईसँग खेल्न बाँकी छ । स्वदेश फर्किएलगत्तै नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले युरोपको फरक मौसमको चुनौतीको सामना गर्नका बाबजुद नेपालले बलियो नेदरल्याण्ड्सलाई हराएको स्मरण गर्दै भने, ‘अबका खेलमा झन् राम्रो प्रदर्शन गर्नेछौं र नेपाललाई छनोट गराउनेछौं ।’

भेषवाकरले अर्को खेल आउन अझै छ महिना बाँकी रहेकाले सोबीचमा राम्रो स्तरका टोलीसँग नेपालले पर्याप्त खेल खेल्न जरुरी रहेको धारणा राखे । नेपाल यसअघि स्कटल्याण्ड्स र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर घरमै भएका नामिबियासँगका दुई खेलमा भने नेपाल विजयी भएको थियो ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...