हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

निर्वाचित महरलाई चुनावमा पराजित आचार्यले दिए बधाई, विद्यार्थीको विजयी जुलुस

इन्फोनेपाल संवाददाता/ राजनीति - August 18, 2016
nebisangh

काठमाडौं, भाद्र २
नेपाल विद्यार्थी सङ्घको नयाँ अध्यक्षमा नयनसिंह महर निर्वाचित भएका छन् । उनी एक हजार तीन सय ३४ मतका साथ विजयी भएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार दुई सय नौ मत प्राप्त गरे ।

यसैगरी, महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् भने नवनिर्वाचित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रियासमेत दिएका छन् । उनले ११ औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए । अध्यक्षका प्रत्यासी आचार्यले नेविसङ्घले सबै विश्वविद्यालयका विद्यार्थीको भावनालाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्षमा महर, महामन्त्रीमा काफ्ले र थापा निर्वाचित भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा विद्यार्थीहरूले विजयोत्सव मनाएका छन् । कांग्रेस कार्यालयमा मत परिणाम आउँदै गर्दा खुसीयाली मनाउने क्रम बढ्दो छ । नयाँ पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्वाचित हुने क्रम जारी रहँदै गर्दा नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर भने विजय जुलुस सुरु भएका छन् ।

विभिन्न पदमा विजय हासिल गरेका उम्मेदवारका समर्थकहरूले पार्टी कार्यालय बाहिर नाराबाजी लगाउँदै विजयी हुनेहरूको पक्षमा नाराबाजी गरिरहेका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन गत श्रावण २३ गते सुरु भएको थियो ।

नेतृत्व चयनका लागि बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान पौने १० बजे सकिएको थियो । राम र लक्ष्मण दाजुभाईले बनाएको विद्युतीय मतदानका कारण मत परिणाम पनि चाँडो आएको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुकाअनुसार तीन हजार तीन सय सात जना प्रतिनिधिले मतदान गरेका थिए ।
Nebisang bijayi rally
यसैबीच, निर्वाचित सबै पदाधिकारीहरूलाई यस ‘इन्फोनेपाल’कोतर्फबाट सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...