हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

फ्रान्सेली आणविक भट्टी विस्फोट

इन्फोनेपाल संवाददाता/ अन्तर्राष्ट्रिय - February 10, 2017

एजेन्सी, माघ २७
फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य घाइते भएको फ्रान्सले जनाएको छ ।स्थानीय सरकारी अधिकारी ज्याक्स विटकोस्कीले यो आणविक दुर्घटना नभै तर सामान्य बिष्पोट भएको बताएका छन् ।

सन् १९८० देखि सञ्चालनमा रहेको भट्टीको एउटा भेन्टिलेटर आणविक क्षेत्रभित्र विस्फोट भएको र यसबाट धुवाँको सामान्य मुस्लो निस्केको र यसैका कारण श्वासप्रश्वासमा समस्या हुँदा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरू अहिले खतरामुक्त रहेको विटकोस्कीले बताएका छन् । रासस

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै :पाकिस्तान

एजेन्सी, माघ २७ पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ...

फ्रान्सेली आणविक भट्टी विस्फोट

एजेन्सी, माघ २७ फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य...

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरूद्ध अदालतको आदेश

एजेन्सी, माघ २८ अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरूको बाहुल्यता रहेका सात देशका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिवन्ध...