हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

विवादले राप्रपा जुम्लाको अधिवेशन लम्बियो

इन्फोनेपाल संवाददाता/ राजनीति - February 10, 2017
raprapa-nepal

जुम्ला, माघ २८
यही माघ २५ गतेदेखि सुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको पदाधिकारी विवादले जिल्ला अधिवेशन लम्बिएको छ ।

अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले जानकारी दिएका छन् ।

राप्रपाको पहिलो एकता अधिवेशनले माघ २५ गतेदेखि सहमतिका लागि गरेको प्रयासमा पदाधिकारी चयन गर्न नसकेपछि आजसम्मका लागि अधिवेशन लम्बिएको प्रवक्ता देवकोटाले बताएका छन् ।
उनका अनुसार आज बिहान ११ बजेसम्म पदको टुङ्गो लगाउने र त्यसपछि मात्र सबै पदाधिकारीको सूची सार्वजनिक गरिनेछ । समावेशी जिल्ला कार्यसमितिसहित मनोनीत र अन्य सदस्य चयनका लागि अहिले पनि छलफल प्रक्रिया जारी रहेको राप्रपा जुम्लाले जनाएको छ । रासस

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...