हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

सहमतिका आधारमा संविधान कार्यान्वयन गर्नुपर्छ : संविधानविद् आचार्य

इन्फोनेपाल संवाददाता/ राजनीति - February 10, 2017
nilamber-acharya

दाङ, माघ २८
संविधानविद् नीलाम्बर आचार्यले २०७४ कात्तिक सम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताएका छन् ।

उनले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवाद मार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले आज शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बताएको हो ।

उनले सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने बताएका छन् । संविधान जारी गर्दा एक भएका दलले संविधान कार्यान्वयन गर्दा पनि एक हुनुपर्ने उनको भनाइ थियो ।

“सरकारले कुनै पार्टीविशेषलाई दोष लगाएर उम्कन मिल्दैन चुनाव गराउने काम सरकारको हो, जसरी भए पनि चुनाव गराउनुपर्छ” – संविधानविद् आचार्यले भने । उनले हाल रुपान्तरित संसद्ले दीर्घकालीन प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्न नमिल्ने बताएका छन् ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...