हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

अनेरास्ववियू केन्द्रीय सदस्य राईको निधन

इन्फोनेपाल संवाददाता/ विविध - February 10, 2017

काठमाडौं, माघ २८
नेकपा एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य मिलन राईको बिहीबार निधन भएको छ । यही माघ २५ गते भक्तपुरमा सडक दुर्घटनामा परेका २७ वर्षीय राईको उपचारका क्रममा बिहीबार वीर अस्पतालस्थित ट्रमा सेन्टरमा निधन भएको हो ।

खोटाङ स्थायी घर भएका राई सङ्गठनको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए । उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने यूवा सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिएका छन् ।

भूकम्पको धक्का महसुस

बैतडी, माघ २८ सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । ।

स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं, माघ २८ स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिन देखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा...

सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

खोटाङ, माघ २८ सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ । दिक्तेलको...