हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ

इन्फोनेपाल संवाददाता/ विविध - February 10, 2017

राजविराज, माघ २८
सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा (सिङ्गडा) लाई ताजा राम्रो समोसा हो भनी बेचबिखन गर्ने ४२ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

पसलमा सडेगलेको समोसा खरिद गरी खाने स्थानीय मानिस बिरामी भएपछि जिल्ला प्रहरी कार्यालय राजविराजमा मौखिक उजुरी आएपछि यस कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले सो मिठाई पसलबाट बासी तथा सडेगलेको अवस्थामा समोसा र खानेकुरा समेत फेला पारेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।

पक्राउ परेका पसल सञ्चालक साहमाथि कालोबजारी मुद्दामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

भूकम्पको धक्का महसुस

बैतडी, माघ २८ सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । ।

स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं, माघ २८ स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिन देखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा...

सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

खोटाङ, माघ २८ सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ । दिक्तेलको...