हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

इन्फोनेपाल संवाददाता/ खेलकुद - February 10, 2017

दमौली, माघ २८
जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं ३ मा आयोजित प्रतियोगिताको सांसद टुकराज सिग्देल, धु्रव वाग्ले र आशा कोइरालाले सय मिटर दौडेर संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

सो प्रतियोगितामा १९ वटा विद्यालयका दुईसय ५० जना विद्यार्थीको सहभागिता रहेको छ । जिल्ला खेलकुद विकास समितिका सदस्य रामकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका उपाध्यक्ष मनिराज थापा, जनज्योति माविका प्रअ गणेश सुवेदी, सोही विद्यालयका अध्यक्ष पुष्प पराजुली लगायतले विद्यालयस्तरमा हुने यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीलाई पठनपाठनमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने बताएका छन् ।

यसैबीच, क्षेत्र नं १ मा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले उद्घाटन गरेका थिए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...