हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

ग्याँस विस्फोटबाट पाँचको मृत्यु, नौ घाइते

इन्फोनेपाल संवाददाता/ अन्तर्राष्ट्रिय - February 10, 2017

एजेन्सी, माघ २८
इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक कृषि अनुसन्धान स्थलमा भएको ग्यास विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । घटनामा नौ जना घाइते भएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानपछि इरानी प्रहरीले घटना सुरक्षाप्रति संवेदनशील नबन्दा भएको जस्तो देखिएको भन्दै अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने बताएको छ ।

तेहरानको तल्लो क्षेत्रमा भएको एक आगलागीमा परी २६ जना इरानी नागरिक र १६ जना अग्नी नियन्त्रकको मृत्यु भएको एक महिना बित्न नपाउँदै यो दुःखद घटना भएको भन्दै राजधानीवासीले नागरिकको सुरक्षाप्रति संवेदनशील बन्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै :पाकिस्तान

एजेन्सी, माघ २७ पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ...

फ्रान्सेली आणविक भट्टी विस्फोट

एजेन्सी, माघ २७ फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य...

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरूद्ध अदालतको आदेश

एजेन्सी, माघ २८ अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरूको बाहुल्यता रहेका सात देशका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिवन्ध...