हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

ललितपूरमा क्षेत्रीय खेलकूद समिति गठन

इन्फोनेपाल संवाददाता/ सामाजिक - February 10, 2017
tmp_27099-received_18565671346120561877394140-443x332

ललितपुर, माघ २८
नेकपा एमाले ललितपूर जिल्ला समितिका उपाध्यक्ष एवं १ नं क्षेत्रीय समिति इन्चार्ज श्यामकृष्ण सिलवालको प्रमूख आतिथ्यतामा क्षेत्रीय खेलकूद महासंघको भेला निवर्तमान क्षेत्रीय अध्यक्ष श्याम तामाङको संयोजकत्वमा बिहीबार सम्पन्न भएको सन्तोष दाहालले जानकारी दिएका छन् ।

भेलाको सुरुवातमा बोल्दै जिल्ला खेलकुद महासंघका सचिव चीन लामाले यो भेला जिल्ला अधिवेशनको तयारीका लागि मात्र नभई संगठन र क्षेत्रीय खेलकुद विकास समिति विस्तार र सुदृढीकरणका लागि पनि सहयोगी रहेको बताएका छन् । उक्त भेलाबाट नयाँ क्षेत्रीय खेलकुद कमिटी गठन गरी आसन्न जिल्ला अधिवेशनका लागि प्रतिनिधि पठाइएको बताएका छन् ।

ललितपुर जिल्ला खेलकुद महासंघको शुक्रबार हुने जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा चापागाउँ स्थित एमाले पार्टी कार्यालयमा भएको उक्त भेलाले सागर देशारको अध्यक्षतामा १७ सदस्यीय क्षेत्रीय खेलकुद कार्यसमिति गठन गरिएको छ । अध्यक्ष सागर देशार, उपाध्यक्ष अनुपराज घिमिरे, सचिबमा उद्धव घिमिरे, सहसचिवमा निरञ्जन घिमिरे र कोषाध्यक्षमा श्रीकृष्ण सिं रहेका छन् । त्यस्तै अन्य सदस्यहरूमा सविन नगरकोटी, सुनिल तामाङ ,सुरेन्द्र खड्का, शुभ सिलवाल, अर्बिन महत, दीपेन्द्र नेपाली , सुदिप सुनुवार, अशोक स्याङ्तान, दिलकुमार तामाङ, मनिषा मगर, रञ्जीत न्यौपाने र सन्तोष लामिछाने रहेका छन् ।

मनोनित सबै पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै अनेरास्ववियु विद्यार्थी संगठन ललितपुरका अध्यक्ष प्रदीप शर्माले कमिटीले कुनै एउटा भौगोलिक वा जातीय वर्गीय पक्षलाई मात्र नभई सबै भूगोल क्षेत्रका प्रतिभा र खेलाडीलाई समेटेर खेलकुद क्षेत्रको विकासका लागि लाग्नुपर्ने बताएका छन् ।

त्यसैगरी सबै पदाधिकारीहरूलाई शुभकामना ज्ञापन गर्दै प्रमूख अतिथि श्यामकृष्ण सिलवालले अहिले सिंगो देश र राष्ट्रियता संकटमा परेकाले यो संकटबाट माथी उठ्नका लागि यस्तै यूवा शक्ति,जोस र जाँगरको आवश्यकता रहेको औँल्याएका छन् । त्यसका लागि खेलाडीहरूको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने बताएका छन् ।

कार्यक्रमको अन्त्यमा एमाले ललितपुर क्षेत्र नं.१ का अध्यक्ष प्रभाकर थापाले ललितपुर क्षेत्र नं १ क्षेत्रमा रहेका खेलाडी, बुद्दिजीवी, कलाकार, उद्योगीलगायत सबै क्षेत्रका यूवालाई राष्ट्रनिर्माणमा एक भएर लाग्न अभिप्रेरित गरेका छन् ।

लैनो भैँसी दाइजो नदिँदा विवाह रोकिएकी अमृताले पढ्ने भइन्

महोत्तरी, माघ २७ दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८...

नक्सा माग्दा कर्मचारीले सेवाग्राही कुटे

धनुषा, माघ २७ धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र...