हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

कांग्रेस पर्साका सभापतिमा पुनःनिर्वाचन

इन्फोनेपाल संवाददाता/ राजनीति - February 10, 2017

पर्सा, माघ २८
नेपाली कांग्रेस पर्साको सम्पन्न भएको मतगणनाबाट सभापतिको टुङ्गो लाग्न नसकेपछि पुनः शुक्रबार निर्वाचन हुने भएको छ ।
बिहीबार खसेको मतबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत हाँसिल गर्न नसकेपछि पहिलो र दोस्रो हुनेबीच पुनःनिर्वाचन हुने भएको हो ।

वीरगञ्जको आदर्शनगरस्थित बालकल्याण समितिमा सम्पन्न भएको पाँच क्षेत्रको मतगणनाबाट पार्टीको विधानानुसार कोही उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी हाँसिल गर्न नसकेपछि पुनः निर्वाचन गरिने तयारी भएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिएका छन् ।

मतगणनाबाट पहिलो हुने सभापतिका उम्मेदवार अजयकुमार द्विवेदी र दोस्रो हुने जनार्दनसिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने छ । सभापतिका उम्मेदवार द्विवेदीले चार सय ३२, क्षत्रीले दुई सय ४७, वशिष्ठनारायण कुर्मीले दुई सय ३७ र शान्ति कार्कीले छ मत हासिल गरेका थिए । नौ सय २५ मध्ये तीन मत बदर भएको थियो ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...