हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति दोश्रोे लोकप्रिय

इन्फोनेपाल संवाददाता/ अन्तर्राष्ट्रिय - February 9, 2017

एजेन्सी, माघ २७
दक्षिण कोरियाका प्रधानमन्त्री तथा कार्यवहाक राष्ट्रपति ह्वाङ क्योहन राष्ट्रपतीय निर्वाचनका लागि दोस्रो लोकप्रिय उम्मेदवारको रूपमा देखिएकोे छ । राष्ट्रपतीय निर्वाचनका सन्दर्भमा गरिएको एक सर्वेक्षणले उनलाई दोश्रो नम्मरमा चढेको देखाएको हो ।

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बानकी मुनको समर्थनका कारण उहाँको लोकप्रियता बढेको हुनसक्ने अनुमान गरिएको छ । बिहीबार सार्वजनिक भएको सर्वेक्षण विवरणका अनुसार, ह्वाङले अघिल्लो सर्वेक्षणमा भन्दा ३.५ प्रतिशत मत बढी पाएको छ । गत सोमबारदेखि बुधबारसम्म एक हजार ५०८ जना मतदातामा गरेको मत सर्वेक्षणबाट यस्तो नतिजा देखिएको हो । उनी पहिलो पटक दोश्रो पंक्तिमा परेकोे हो ।

राष्ट्रसंघका पूर्वमहासचिव मुनले गत हप्ता आपूm राष्ट्रपतीय निर्वाचनको उम्मेदबार नबन्ने स्पष्ट पारेको थियो । राष्ट्रसंघको महासचिवको पाँच वर्षे दोश्रो कार्यकाल पूरा गरी बान गत जनवरी १२ मा मात्रै दक्षिण कोरिया फर्किएको थियो । स्वदेश फर्किएपछि उनले देशका विभिन्न ठाउँमा गएर नागरिक अगुवा र राजनीतिज्ञसँग अन्तरक्रिया गरेको थियो । त्यो अन्तरक्रियापछि उनले आफू राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा नरहेको स्पष्ट पारेको थियो ।

मुनले उम्मेदवारी नदिने घोषणा गर्नासाथ ह्वाङको लोकप्रियता बढेको देखिएको हो । अहिले लोकप्रियता बढाउदै लैजानुभएका ह्वाङ पूर्व कानुनमन्त्री र निरन्तर राजनीतिमा सक्रिय व्यक्ति हुन् । रासस

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै :पाकिस्तान

एजेन्सी, माघ २७ पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ...

फ्रान्सेली आणविक भट्टी विस्फोट

एजेन्सी, माघ २७ फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य...

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरूद्ध अदालतको आदेश

एजेन्सी, माघ २८ अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरूको बाहुल्यता रहेका सात देशका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिवन्ध...