हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

विद्रोहीको आक्रमणमा तीनको मृत्यु

इन्फोनेपाल संवाददाता/ अन्तर्राष्ट्रिय - February 9, 2017

एजेन्सी, माघ २७
सिरियाको अलेप्पो सहरमा सहयोग वितरण भइरहेको एक स्थानमा विद्रोहीले गरेको गोली प्रहारमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको मानवअधिकारी समूहले बिहीबार जानकारी दिएको छ । सिरियन अरब रेड क्रिसेन्ट सार्क र अन्तरराष्ट्रिय कमिटि अफ रेडक्रसका स्वयमसेवक र मानवीय सहयोग लिन आएका व्यक्ति लक्ष्यगरी सो गोली प्रहार भएको थियो ।

बुधबार भएको यस घटनाको सार्क र अन्तरराष्ट्रिय कमिति अफ रेडक्रसले पुष्टि गरेको छ । यस आक्रमणमा परी सार्कका एक कर्मचारीको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका जारी विज्ञप्तिमा जनाएको छ । यस गोली प्रहारमा मारिएका अन्य दुई व्यक्ति भने मानवीय सहयोग लिन आएका थिए । सिरियन अब्जरभेटरी अफ ह्यूम्यानराइट्सका अनुसार भने ती दुई व्यक्तिमा एक महिला र एक बालक रहेका थिए ।

सिरियामा सन् २०११ बाट सुरू भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भयो । जारी युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी यस युद्धको कारण लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ छिमेकी मुलुकमा शरणार्थी जीवन वितारहनुपरेको छ । रासस

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै :पाकिस्तान

एजेन्सी, माघ २७ पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ...

फ्रान्सेली आणविक भट्टी विस्फोट

एजेन्सी, माघ २७ फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य...

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरूद्ध अदालतको आदेश

एजेन्सी, माघ २८ अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरूको बाहुल्यता रहेका सात देशका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिवन्ध...