हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

हजारौँ हिन्दूले मनाए मलेसियामा थाइपुसाम पर्व

इन्फोनेपाल संवाददाता/ अन्तर्राष्ट्रिय - February 9, 2017

एजेन्सी, माघ २७
मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन् । राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्याधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

माता पार्वतीका छोरा मुर्गान (त्यहाँको भाषामा पार्वतीका छोरा कुमारलाई मुर्गान भनिन्छ)ले लडाइँ गरेर दानव सत्रुलाई पराजित गरेको सम्झनामा थाइपुसाम पर्व मनाउने गरिन्छ । तमिल हिन्दू धर्मावलम्वी ब्रतालुले हातहतियार, दुध र नरिवलसहितका सामग्रीहरू लिएर खालीखुट्टा २७२ पाइला हिडेर मन्दीरमा जाने गर्दछन् ।

थाइपुसामको पूजाका लागि भक्तालुहरूले विशेष तरिकाले दैनिक पूजा गर्ने गर्दछन्, त्यति बेला उनीहरुले एक हप्तासम्म यौन सम्पर्क नगर्ने र साकाहारी खाना खाने गर्दछन् । मेरो कुनै छुट्टै र विशेष माग छैन, केबल पूजाका लागि मात्रै आएको हँु, थाइपुसम पर्व मनाइरहेकी इया भाल्मुन्दीले भनेकी छिन् ।

मलेसियामा झण्डै तीन करोड १० लाख व्यक्ति मुस्लिम छन् । त्यस बाहेक देशभरीमा झन्डै बीस लाख आदीवासी भारतीयमूलका बासिन्दा रहेका छन् । उनीहरू अधिकांश तत्कालिन ब्रिटीस उपनिवेशका शासकले भारतमा शासन गरेका बेला कामदारको रूपमा मलेसिया ल्याइएका भारतीयका सन्तान हुन् ।

भगवान मुरुगानलाई भारतको दक्षिणी क्षेत्रमा र दक्षिणपूर्वी एसियाका तमिलहरुले पूजा गर्ने गर्दछन् । थाइपुसाम पर्व मलेसिया बाहेक भारत र सिङगापुरमा मनाउने गरिन्छ । रासस

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै :पाकिस्तान

एजेन्सी, माघ २७ पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ...

फ्रान्सेली आणविक भट्टी विस्फोट

एजेन्सी, माघ २७ फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य...

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरूद्ध अदालतको आदेश

एजेन्सी, माघ २८ अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरूको बाहुल्यता रहेका सात देशका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिवन्ध...