हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

शिक्षा र स्वास्थ्यका आवश्यकता पूरा भए मुलुक समृद्ध हुने :मन्त्री गगन थापा

इन्फोनेपाल संवाददाता/ राजनीति - February 9, 2017
Gagan thapa

काठमाडौं, माघ २७
स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्कने बताएका छन् । ‘आजकोे शिक्षा’ साप्ताहिकको दशौँ वर्ष प्रवेशका अवसरमा आज आयोजित सम्मान कार्यक्रममा जनताले मुख्यगरी ती दुई क्षेत्रमा आफ्ना आकाङ्क्षा पूरा भएको हेर्न चाहेको मन्त्री थापाले जनाएको हो ।

उनले सार्वजनिक शिक्षाको सुधारका लागि ठूला सामुदायिक विद्यालयको अवधारणामा जानुपर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उद्यमीलाई प्रोत्साहन गर्न सकेमा नेपालीहरू परनिर्भर भइरहनुनपर्ने पनि उल्लेख गरेका छन् ।

मन्त्री थापाले ‘आजको शिक्षाडटकम’ को शुभारम्भ पनि गरेका छन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल लगायतले सो पत्रिकाको सफलताको कामना गरेका छन् ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...