हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

अर्थमन्त्री महराले गरे मुलुकको आर्थिक स्थितिबारे छलफल

इन्फोनेपाल संवाददाता/ राजनीति - February 9, 2017
Krishna Bahadur Mahara

काठमाडौं, माघ २७
मुलुकको वर्तमान आर्थिक अवस्थाबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ र राजस्व सचिवका साथै केन्द्रीय बैंकका गभर्नरसँग सामूहिक छलफल गरेको छ ।

अर्थ मन्त्रालयमा आज भएको छलफलमा पुँजीगत खर्च वृद्धि, राष्ट्रिय गौरवका आयोजनालाई रकमको अभाव हुन नदिने, वित्तबजारमा देखिएको तरलता अभाव, राजस्व संकलनको लक्ष्य प्राप्ति, राजस्व चुहावट नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री महरालाई देशको पछिल्लो आर्थिक अवस्थाबारे अर्थ सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आफूमातहतका निकायबाट बजेट कार्यान्वयन, मौद्रिक नीतिको प्रभावकारिता, राजस्वका लक्ष्य र चुनौतीका साथै हालसम्मका प्रगतिबारे जानकारी गराएको थियो ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...