हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

नक्सा माग्दा कर्मचारीले सेवाग्राही कुटे

इन्फोनेपाल संवाददाता/ सामाजिक - February 9, 2017

धनुषा, माघ २७
धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित शाहलाई कर्मचारीले कुटपिट गरेका हुन् । नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन शाहलाई कार्यालय प्रमुख सहित अन्य कर्मचारी मिलेर कुटपिट गरेको पीडित साहको आरोप छ ।

सो घटनाबारे कार्यालयमा बुझ्दा नक्सा फाँटका कर्मचारी कतै गएकाले एक्कै छिन् पर्खिन भनेपछि गालीगलौजमा उत्रेपछि घटना भएको स्वीकार गरेका हुन् । घाइते सेवाग्राही ललनलाई धनुषा प्रहरीले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको सेवाग्राही अमितले बताएका हुन् । घाइते शाह जनकपुरको श्याम चोकस्थित माछा पसल गरेर गुजारा चलाउँदै आएका छन् । रासस

लैनो भैँसी दाइजो नदिँदा विवाह रोकिएकी अमृताले पढ्ने भइन्

महोत्तरी, माघ २७ दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८...

नक्सा माग्दा कर्मचारीले सेवाग्राही कुटे

धनुषा, माघ २७ धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र...