हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

जेल तोडी भाग्ने ६० भन्दाबढी कैदीको खोजी जारी

इन्फोनेपाल संवाददाता/ अन्तर्राष्ट्रिय - February 9, 2017

एजेन्सी, माघ २७
पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दाबढी कैदीहरुको अझ खोजीकार्य जारी रहेको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ ।

सो कारागारमा क्षमताभन्दा बढी कैदी रहेको भन्दै चिन्ता व्यक्त गरिदै आएको थियो । उक्त कारागारामा १५० कैदी रहने क्षमता रहेकोमा जेल तोडिनुभन्दा एक हप्ता अगाडि सो कारागरमा २१० जना कैदी रहेका थिए ।

बन्दरगाह सहर मोरेसबाइबाट तीन सय किलोमिटर उत्तरमा पर्ने बुइमो कारागाराबाट गत वर्ष पनि जेलभित्र भएको झडपमा ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० जना फरार भएका थिए । रासस

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै :पाकिस्तान

एजेन्सी, माघ २७ पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ...

फ्रान्सेली आणविक भट्टी विस्फोट

एजेन्सी, माघ २७ फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य...

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरूद्ध अदालतको आदेश

एजेन्सी, माघ २८ अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरूको बाहुल्यता रहेका सात देशका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिवन्ध...