हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

सत्ता पक्षले चुनाव चाहेन–नेता गौतम

इन्फोनेपाल संवाददाता/ राजनीति - February 9, 2017
Bamdev-Gautam

बर्दिया, माघ २७
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तामा रहेका दलले नै निर्वाचन नचाहेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल बर्दियाले आज गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेको गौतमले सो कुरा बताएको हो ।

अहिले सत्तामा रहेका दलको पछिल्लो क्रियाकलापले उनीहरूले नै निर्वाचन नचाहेको आरोप लगाउँदै गौतमले नेकपा एमाले चुनावमा जान तयारी अवस्थामा रहेको जानकारी गराएका छन् ।

उनले ५ नम्बर प्रदेश टुक्य्राउनुको कारण मधेशबादी दललाई खुसी पार्नका लागि गरिएको आरोप लगाउँदै गौतमले यो राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन् ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...