हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

अज्ञात समूहद्वरा क्याम्पसमा आगजनी

इन्फोनेपाल संवाददाता/ विविध - February 9, 2017

भीमदत्तनगर, माघ २७
कञ्चनपुरको भीमदत्तनगरमा रहेको कञ्चन सामुदायिक क्याम्पसमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।

क्याम्पसको प्रशासन र लेखाकक्षमा गरिएको आगजनीका कारण क्याम्पसका सबै कागजात जलेर पूर्णरूपमा नष्ट भएका छन् । मध्यरातमा गरिएको आगजनीबारे क्याम्पसमा रहेका चौकीदारले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेको प्रहरीले दमकलको सहारामा आगो नियन्त्रणमा लिएको थियो ।

आगजनी कसले र किन ग¥यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । क्याम्पस प्रमुख डा राजकुमार साउँदले आगजनी गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । आगजनीका कारण आज बिहान क्याम्पसको अध्ययन समेत प्रभावित भएको छ । विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै क्याम्पस परिसरमै प्रदर्शन समेत गरेका छन । केही साताअघि मात्रै क्याम्पसबाट अज्ञात समूहले नै एक थान ल्यापटप र रु दुई लाख चोरी भएको थियो । रासस

भूकम्पको धक्का महसुस

बैतडी, माघ २८ सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । ।

स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं, माघ २८ स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिन देखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा...

सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

खोटाङ, माघ २८ सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ । दिक्तेलको...