हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

दुई ट्रक एकआपसमा ठोक्किँदा एकको मृत्यु, एक घाईते

इन्फोनेपाल संवाददाता/ विविध - February 9, 2017

लहान, माघ २७
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा आज बिहान दुई ट्रक एकापसमा ठोक्किँदा एक चालकको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ७१२ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी बा ४ ख ७१२ नम्बरको ट्रकका चालक मकवानपुरको आमभन्जाङ–४ निवासी २७ वर्षीय हरिबहादुर लोको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिएका छन् ।

गम्भीर घाइते चालक लोको उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का ट्रक चालक मनवानपुरको हेटाँैडा–१९ निवासी रमेश चौलागाईंको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

भूकम्पको धक्का महसुस

बैतडी, माघ २८ सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । ।

स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं, माघ २८ स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिन देखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा...

सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

खोटाङ, माघ २८ सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ । दिक्तेलको...