हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

भारतबाट घर फर्किदै गरेका एक नेपाली हराए

इन्फोनेपाल संवाददाता/ विविध - February 9, 2017

कैलाली, माघ २७
भारतको मुम्बईबाट घर फर्किने क्रममा अछाम जिल्ला पायल गाविस घर भई हाल अत्तरिया नगरपालिका–१३ बस्ने युवक वीरेन्द्र खत्री बाटोबाटै सम्पर्कविहीन भएका छन् ।

यही माघ २१ गते खत्री घर फर्किने क्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू घर आउँदै छु भन्ने जानकारी दिउँसो फोनमार्फत घरपरिवारलाई दिएकोमा त्यसपछि भने सम्पर्क्विहीन भएको खत्रीका परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन् ।

धर्म खत्रीका २३ वर्षीय छोरा वीरेन्द्रलाई फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यालय वा आफन्तलाई जानकारी गराई दिन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

भूकम्पको धक्का महसुस

बैतडी, माघ २८ सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । ।

स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं, माघ २८ स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिन देखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा...

सोह्र स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

खोटाङ, माघ २८ सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ । दिक्तेलको...