हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

सोमालियामा पूर्वप्रधानमन्त्री राष्ट्रपतिमा निर्वाचित

इन्फोनेपाल संवाददाता/ अन्तर्राष्ट्रिय - February 9, 2017

एजेत्न्सी, माघ २७
सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित भएको छ । वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोश्रो चरण सम्मको मतदानपछि उनी निर्वाचित भएको हो ।

दोश्रो चरणको मतदानमा फरमाजोले १८४ मत ल्याउनु भएको थियो भने उनका निकटम प्रतिद्धन्द्धी मोहम्मदले ९७ मत ल्याएको थियो । तेश्रोे उम्मेदवारको रूपमा प्रतिश्पर्धामा रहनु भएका सरिफ सेख अहमदले ४५ मत मात्रै पाएको थियो । नवनिर्वाचित राष्ट्रपति फरमाजो सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री बन्नु भएको थियो । उनले आफुलाई निर्वाचनमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेको छ ।

फरमाजोसँग अमेरिकाको राहदानी छ भने उनले स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गरेकोे छ । उनी विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुन् । त्यस बाहेक उनले न्युयोर्क राज्य, बफेलो नगरपालिका लगायतका अन्य विभिन्न निकायहरूमा पनि काम गरेकोे थियो ।
फरमाजोले प्रधानमन्त्रीबाट हटेपछि सन् २०११ मा सोमाली जस्टीस एण्ड इक्वालिटी पार्टी नामका नयाँ पार्टी खोल्नु भएको थियो । रासस

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै :पाकिस्तान

एजेन्सी, माघ २७ पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ...

फ्रान्सेली आणविक भट्टी विस्फोट

एजेन्सी, माघ २७ फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी सामान्य...

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरूद्ध अदालतको आदेश

एजेन्सी, माघ २८ अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरूको बाहुल्यता रहेका सात देशका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिवन्ध...