हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो ९६ करोड

इन्फोनेपाल संवाददाता/ आर्थिक - February 9, 2017

काठमाडौं, माघ २७
स्वास्थ्य मन्त्रालयले आगामी चार महिना भित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ ।

सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धता अनुरूप आगामी चार महिना भित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन अहिले रु ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिएका छन् ।

उनले सबै २०१ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र उपकरणको अवस्था अध्ययन गर्न र निर्देशन दिएको थियो । सोही अध्ययनका आधारमा सबै स्वास्थ्य केन्द्रमा विभिन्न उपकरण आवश्यक देखिएपछि मन्त्रालयले उपकरण खरिद गरी प्रदान गर्ने भएको हो । रासस

हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू

काठमाडौं, माघ २८ निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

काठमाडौं, माघ २७ नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर नेरु करिब दुई अर्ब बराबरको लगानी...

स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो ९६ करोड

काठमाडौं, माघ २७ स्वास्थ्य मन्त्रालयले आगामी चार महिना भित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ । सबै...