हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

रसुवामा स्थानीय निकायका कर्मचारीद्वारा एक घण्टा कलम बन्द

इन्फोनेपाल संवाददाता/ सामाजिक - February 9, 2017

रसुवा, माघ २७

स्थानीय तहको चुनाव छिट्टै घोषणा गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै स्थानीय निकाय कर्मचारी संयुक्त संघर्स जिल्ला समन्वय समिति रसुवाको आह्वानमा जिल्ला विकास समिति र गाउँ विकास समितिमा कार्यरत कर्मचारीले बिहीबार एक घण्टा कलम बन्द गरेका हुन् ।

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रूपमा कर्मचारी समायोजन गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने, अस्थायी कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै बिहान १० बजेदेखि ११ बजेसम्म कलम वन्द गरिएको सयुंक्त संघर्ष समितिका अध्यक्ष लिलानाथ नेपालले बताएका छन् । अध्यक्ष नेपालका अनुसार शुक्रबार तीन घण्टा कलम बन्द गरिने र फागुन १ गते गाविस तथा जिविस पूरै दिन बन्द गरिने बताएका छन् ।

लैनो भैँसी दाइजो नदिँदा विवाह रोकिएकी अमृताले पढ्ने भइन्

महोत्तरी, माघ २७ दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८...

नक्सा माग्दा कर्मचारीले सेवाग्राही कुटे

धनुषा, माघ २७ धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र...