हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

उदयपुर गोल्डकप फुटबलको चौथो संस्करण आजदेखि सुरु हुँदै

इन्फोनेपाल संवाददाता/ खेलकुद - February 9, 2017
udyapur (1)

उदयपुर, माघ २७
गाईघाटको थरुहट रंगशालामा आज देखि हुने उदयपुर गोल्डकप फुटबलको चौथो संस्करणको उद्घाटन खेलमा धरान फुटबल क्लब र संकटा क्लब खेल खेल्दैछन् ।

प्रतियोगितामा ‘ए’ डिभिजनका तीनसहित ८ टिमले भाग लिने भएका छन् । सिमरा गोल्डकपको फाइनल पुगेको संकटा आज दिउँसो उदयपुर पुग्ने आयोजक समितिका संयोजक किरण राईले जानकारी दिएका छन् ।

प्रतियोगितामा ‘ए’ डिभिजनका संकटा, सशस्त्र प्रहरीको एपिएफ र हिमालयन शेर्पाले भाग लिनेछन् भने आयोजक उदयपुर ११, झापा ११, मोरङ ११, रुपन्देही ११, धरान फुटबल क्लब सहभागी छन् ।

जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ उदयपुरको आयोजना रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै सिमरामा चलिरहेको आठौँ सिमरा गोल्डकपको फाइनल प्रवेशका लागि बिहीबार नेपाल आर्मी र हिमालयन शेर्पा खेल्दैछन् । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ । संकटा बुधबार विजय युथ क्लबलाई २–१ ले हराउँदै प्रतियोगिताको फाइनल पुगेको हो ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...