हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

लेस्टर सिटीको शानदार जित

इन्फोनेपाल संवाददाता/ खेलकुद - February 9, 2017
3CF9A53E00000578-4205364-image-a-74_1486591096563

काठमाडौं, माघ २७
बुधबार राति भएको चौथौ चरणको रिप्लेमा डर्बी काउन्टीलाई हराएर लेस्टर सिटीले एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । लेस्टरको मैदानमा भएको खेलमा निर्धारित समयको खेल १–१ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुमा नै एण्डी किङले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा डर्बीका लागि अब्डोउल कामाराले बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएका हो । थप गरिएको समयको चौथो मिनेटमा विल्फ्रेड एनडिडीले गोल गर्दै लेस्टर सिटीलाई २–१ को अग्रता दिलाएका थिए ।

एक सय १४ औँ मिनेटमा डिमेराई ग्रेले एकल प्रयासमा सुन्दर गोल गर्दै लेस्टर सिटीलाई ३–१ को जित दिलाएका थिए । इंग्लिस प्रिमियर लिगका रेलिगेशन जोनबाट माथि रहन संघर्षरत लेस्टरले सन् २०१७ मा घरेलु मैदानमा दर्ता गरेको यो पहिलो जित हो । ७ जनवरीपछि लेस्टरको यो पहिलो जित हो ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...