हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

दृष्टिविहीन विश्वकपमा नेपाल भारतसँग पराजित

इन्फोनेपाल संवाददाता/ खेलकुद - February 9, 2017

काठमाडौं, माघ २७
भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा नेपाल भारतसँग १५२ रनको भारी अन्तरले पराजित भएको छ ।

आन्द्रा प्रदेशस्थित मुलपाडु क्रिकेट मैदानमा भएको खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३७ रनमा समेटियो ।

नेपालका लागि रमेशबहादुर बानियाँले ३५ तथा सुनिल सुवेदी क्षेत्रीले १२ रन जोडे । त्यस्तै पदमबहादुर बडैलाले २८ रन बनाउँदा विक्रमबहादुर राना २५ रनमा अविजित रहे । भारतका जाफर इग्बलले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा एक विकेट गुमाएर २८९ रन बनायो ।

भारतका लागी ओपनरद्वय अजयकुमार रेडीले १०९ रन तथा दुर्गा राओले ५३ रन बनाए । त्यस्तै बैकटेश्वर राओले अविजित ८२ रनको योगदान दिए । जारी प्रतियोगितामा नेपालको यो सातौ हार हो ।

यसअघि नेपाल अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान, वेस्टइन्डिज, श्रीलङ्का र इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकालाई भने पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ । विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि न्युजिल्यान्डसँग सामना गर्नेछ ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...