हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

चारसय पचास घरलाई सोलार वितरण

इन्फोनेपाल संवाददाता/ सामाजिक - February 9, 2017

बाँके, माघ २७
लामो समयदेखि विद्युतीकरण हुन नसकेको बाँकेको बघौडा क्षेत्रका करिब चारसय घरलाई सोलार वितरण गरिएको छ ।

निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सरकारले अनुदान दिइएको सोलारमा पहिलो चरणमा साढे चारसय घरका लागि सोलार वितरण गरिएको जिल्ला विकास समिति बाँकेले जनाएको छ ।

सोलारबाट बत्ति बल्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । यसअघि त्यहाँका स्थानीयहरु टुकी बाल्दै आएका थिए । १२ हजार मूल्य पर्ने सोलारमा १० हजार अनुदान दिएर स्थानीयवासीले रु दुई हजार तिरेपछि सोलार उपलब्ध गराइएको हो ।

बघौडाका नरैनापुर, लक्षमणपुर, गङ्गापुर, मटेहिया, कालाफाँटा र गङ्गापुरका करिब १० हजार घरमा सोलार जडान गरिने जिविसका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले बताएका छन् ।

लैनो भैँसी दाइजो नदिँदा विवाह रोकिएकी अमृताले पढ्ने भइन्

महोत्तरी, माघ २७ दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८...

नक्सा माग्दा कर्मचारीले सेवाग्राही कुटे

धनुषा, माघ २७ धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र...