हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल भारतसँग पराजित

इन्फोनेपाल संवाददाता/ खेलकुद - February 8, 2017
Blind T-20 World Cup

काठमाडौं, माघ २५
दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बुधबार नेपाल भारतसँग १ सय ५२ रनले पराजित भएको छ । २ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारीत ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रमेशबहादुर बाँनियाले ३६ बलमा ३५ रन, पदमबहादुर बडैलाले २२ बलमा २८ रन, बिक्रमबहादुर रानाले २८ बलमा २४ रन बनाए । यसअघि ब्याटिङ गरेको भारतले निर्धारीत ओभरमा १ विकेट गुमाएर २ सय ८९ रन बनाएको हो । भारतका अजयकुमार रेड्डीले ५० बलमा १ सय ९ रन, दुर्गा रावले ३३ बलमा ५३ रन साथै वेनकटेस्वरा रावले ३३ बलमा ८२ रन बनाए ।

नेपालले अहिलेसम्म एउटा खेल मात्र जितेको छ । यसअघि नेपाल इंग्ल्याण्डसँग ९० रनले, श्रीलंकासँग १ सय ३१ रनले, पाकिस्तानसँग १० विकेटले, बंगलादेशसँग ५९ रनले तथा अष्ट्रेलियासँग १० विकेटले हारेको थियो । यस्तै नेपालले दक्षिण अफ्रिकालाई भने ६ विकेटले हराएको थियो । बिहीबार नेपालको खेल न्यूजिल्याण्डसँग हुँदै छ ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...