हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता

इन्फोनेपाल संवाददाता/ आर्थिक - February 8, 2017

काठमाडौं, माघ २६
दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौं महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गरेकोे हो ।

महानगरका कार्यकारी अधिकृत रूद्रसिंह तामाङले काठमाडौंमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारी अन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको बताएका छन् ।

कम्पनीले तीन महिना भित्रै काठमाडौंको कुनै १० किमीको रूटमा मोनो रेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले जानकारी गराएका छन् ।

अध्यक्ष पाण्डेले रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने पनि जानकारी गराउँदै ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताएका छन् । आकासमा गुड्ने भएकाले यसले सडकको ट्राफिक व्यवस्थापनमा कुनै किसिमको असर पनि गर्ने छैन् । रासस

हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू

काठमाडौं, माघ २८ निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

काठमाडौं, माघ २७ नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर नेरु करिब दुई अर्ब बराबरको लगानी...

स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो ९६ करोड

काठमाडौं, माघ २७ स्वास्थ्य मन्त्रालयले आगामी चार महिना भित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ । सबै...