हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

स्वर्गीय कोइरालाको स्मृति दिवस विविध कार्यक्रम गरी मनाईँदै

इन्फोनेपाल संवाददाता/ मुख्य समाचार - February 8, 2017
hqdefault

काठमाडौं, माघ २६
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको आज विविध कार्यक्रम गरी स्मृति दिवस मनाईंदैछ । स्मृति दिवसको अवसरमा कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गर्ने बताएका छन् ।

उनको पोहोर माघ २६ गते राति निमोनियाका कारण निधन भएको थियो । युवा अवस्थामा भारतमा रहँदा राजनीतिमा आवद्ध कोइराला २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति भएका थिए ।

२०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । नेपालका ३७ औं प्रधानमन्त्री रहेका कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको हो ।