हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा बार्सिलोना

इन्फोनेपाल संवाददाता/ खेलकुद - February 8, 2017
3CF043E600000578-4200960-image-a-23_1486502717277

काठमाडौं, माघ २६
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिए पनि समग्रमा ३–२ को जितसहित बार्सिलोनाले स्पेनिस कोपा डेल रे फाइनलमा स्थान पक्का गरेको छ ।

पहिलो लेगमा बार्सिलोना २–१ ले विजयी भएको थियो । घरेलु मैदानमा भएको खेलमा ९ खेलाडीमा सीमित बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गरेका थिए । १० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडका लागि केविन गामेइरोले गोल गरेका थिए ।

४३ औं मिनेटमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लिएको थियो । ५७ औं मिनेटमा सेर्गी रोबर्टो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो ।

६९ औं मिनेटमा यानिक काररास्को दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको पनि १० खेलाडीमा सीमित भयो । ८३ औं मिनेटमा गामेइरोले एथ्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए ।

९० औं मिनेटमा स्वारेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना केही समय ९ खेलाडीमा सीमित भयो । यो खेलमा दुवै टिमका गरेर तीन खेलाडी मैदानबाट बाहिरिए । एथ्लेटिको मड्रिडले पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा फाइनलको यात्रा तय गर्न सकेन । केविन गामेइरोले पेनाल्टीको अवसरमा गोल गर्न सकेनन् ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...