हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

फिलिप लाहमले गरे सन्यासको घोषणा

इन्फोनेपाल संवाददाता/ खेलकुद - February 8, 2017
3CF0A2F100000578-4201704-image-a-40_1486508890838

एजेन्सी, माघ २६
जर्मन बुन्डेस लिगा क्लब बार्यन म्युनिखका कप्तान फिलिप लाहमले यो सिजनको अन्त्यमा सबै किसिमका फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

आफ्नो कप्तानीमा सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि दिलाएका लाहमले जर्मन कप अन्तर्गत मंगलबार राति भएको खेलमा उल्फबर्गलाई हराएपछि सन्यासको घोषणा गरेका हुन् । यो खेलमा उल्फबर्गलाई १–० ले हराएको बार्यन म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लाहमले बुन्डेसलिगा लिडर बार्यन म्युनिखबाट अहिलेसम्म पाँच सय एक खेल खेलेका छन् । उनले भने ‘मेरो नेतृत्व स्टाइल म नियमित गर्न सक्छु, हरेक दिन आफ्नो तर्फबाट राम्रो प्रयास गर्न सक्छु, हरेक प्रशिक्षणमा, यो सबै यो सिजनको अन्त्यसम्म ।

यो सिजनको अन्त्यसम्म मात्रै यस्तो गरिरहन सक्छु, त्यसपछि सक्दिन ।’ लाहमले बार्यन म्युनिखसँगको सम्झौता एक वर्ष बाँकी हुँदै सन्यासको घोषणा गरेका हुन् । गएको वर्षदेखि नै यस विषयमा सोचेको र अहिले आएर निर्णयमा पुगेको लाहमले बताएका छन् । बार्यन म्युनिखको युथ टिमबाट आएका लाहमले सन् २००२ मा सिनियर टिममा डेब्यु गरेका थिए ।

१५ वर्षको सिनियर करिअरमा उनले बार्यन म्युनिखबाट सात पटक बुन्डेस लिगाको उपाधि जितेका छन् । यस्तै एक पटक जर्मन कप तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । जर्मनीका लागि एक सय १३ खेल खेलका उनले सन् २०१४ मा आफ्नो नेतृत्वमा विश्वकपको उपाधि दिलाएका थिए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...