हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल इंग्ल्याण्डसँग ९० रनले पराजि

इन्फोनेपाल संवाददाता/ खेलकुद - February 7, 2017
Blind T-20 World Cup

काठमाडौं, माघ २५
दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा मंगलबार नेपाल इंग्ल्याण्डसँग ९० रनले पराजित भएको छ । २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कृतन श्रेष्ठले १९ बलमा २७ रन, सुनिल सुवेदीले ४४ बलमा ४२ रन, सुनिल थापाले ३४ बलमा ३० रन बनाए । इंग्ल्याण्डका लुक ज्यासन स्मिथ र जस्टिन हलिङग्सओर्थले दुई दुई विकेट लिए ।

यसअघि ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३३ रन बनाएको हो । इंग्ल्याण्डका लुक ज्यासन स्मिथले ६२ बलमा सतक प्रहार गरे । यस्तै पिटर ब्लूइटले ४३ बलमा ६० रन बनाए । नेपालका पदमबहादुर बडैलाले दुई र सुनिल थापामगरले एक विकेट लिए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

दमौली, माघ २८ जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं...

विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट

काठमाडौं, माघ २७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु

बर्दिया, माघ २७ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको...