हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

लेखनाथ महोत्सवको तयारी पूरा

इन्फोनेपाल संवाददाता/ आर्थिक - February 7, 2017

पोखरा, माघ २५
लेखनाथ उद्योग वाणिज्य संघ, कास्कीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३ औंँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिएका छन् । लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रचारप्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीका अनुसार महोत्सव अवधिभर रु १५ करोडदेखि रु २० करोडसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट करिब रु ९० लाख आम्दानी तथा महोत्सव सम्पन्न गर्न रु ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवमा कृषिजन्य वस्तुको बजार प्रवद्र्धन, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन, साहित्य, कला संस्कृतिको प्रचारप्रसार एंव बजारीकरण गर्ने उद्देश्य राखिएको लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले बताएका छन् । रासस

हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू

काठमाडौं, माघ २८ निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

काठमाडौं, माघ २७ नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर नेरु करिब दुई अर्ब बराबरको लगानी...

स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो ९६ करोड

काठमाडौं, माघ २७ स्वास्थ्य मन्त्रालयले आगामी चार महिना भित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ । सबै...