हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

खोरुङ्गा आयोजनामा संयुक्त लगानी

इन्फोनेपाल संवाददाता/ आर्थिक - February 7, 2017

काठमाडौं, माघ २५
तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

आयोजनामा माछापुच्छ्रे« बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सो सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र बैंकका प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

कुल रु एक अर्ब ३७ करोड लागत अनुमान गरिएको आयोजनामा रु ३७ करोड प्रवद्र्धक संस्थाले र बाँकी रकम माछापुच्छ«े बैंक लिमिटेडले रु ४० करोड, नेपाल बङ्गलादेश बैंकले रु ३० करोड र जनता बैंकले रु ३० करोड लगानी गर्ने भएका छन् ।

वि.सं. २०६७ पौष १ गतेबाट उत्पादन सुरू गर्ने लक्ष्य राखिएको छ । स्थानीयवासीलाई १० प्रतिशत सेयर प्रदान गर्ने जानकारी दिँदै प्रबन्ध सञ्चालक डाँगीले आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभि प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिने बताएका छन् ।

तेह्रथुमको मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसको बीच भएर बग्ने खोरुङ्गा खोलाबाट विद्युत् उत्पादन गर्ने गरी २०६६ साल मंसिरमा विद्युत् सर्वेक्षण अनुमतिपत्र र २०७३ भदौमा उत्पादन अनुमतिपत्र लिइएको थियो । प्राधिकरणसँग वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबैको सार्थक सहयोग जरूरी रहेको बताएका छन् ।

हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू

काठमाडौं, माघ २८ निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

काठमाडौं, माघ २७ नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर नेरु करिब दुई अर्ब बराबरको लगानी...

स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो ९६ करोड

काठमाडौं, माघ २७ स्वास्थ्य मन्त्रालयले आगामी चार महिना भित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ । सबै...