हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

भूकम्पपीडितलाई अनुदान वितरण, थप बीस करोड निकासा

इन्फोनेपाल संवाददाता/ आर्थिक - February 7, 2017

भक्तपुर, माघ २५
भक्तपुरका छ वटा नगरपालिकाका भूकम्पपीडित लाभग्राहीलाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरू भएपछि नपुग रकम मध्ये थप रु २० करोड निकासा भएको छ ।

जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड रकम तोकिएको बैंक मार्फत वितरण भइरहेको र नपुग मध्येको रकम माग भए अनुसार रु २० करोड थप निकासा भएर आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख मुरारी वस्तीले जानकारी दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राही मध्ये हालसम्म २० हजार १५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेको छ ।

तीमध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखानियन्त्रण कार्यालय कोलेनिका पठाए अनुसार आएको ९० करोड रुपैयाँ बजेट वितरण भइरहेको र नपुग रकम माग भए अनुसार रु २० करोड थप भएर आएको उनले जानकारी दिएका छन् । लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै रु २० करोड ८ लाख अपुग रहेको छ । अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता गरेका लाभग्राहीलाई क्रमैसँग वितरण गरिएको छ । सुरूसुरूमा अनुदान सम्झौता भएका लाभग्राहीको सूची अनुसार क्रमैसँग वितरण गरिएको हो ।

भक्तपुर नगरपालिकाको चार हजार ३४९, मध्यपुरथिमीको ९३८, नगरकोटको तीन हजार ४१२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३२९, अनन्तलिङ्गेश्वरको दुई हजार ६१२ र सूर्यविनायकको तीन हजार ३६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् । अनुदान सम्झौता भएका लाभग्राहीहरूले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ । रासस

हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू

काठमाडौं, माघ २८ निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

काठमाडौं, माघ २७ नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर नेरु करिब दुई अर्ब बराबरको लगानी...

स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो ९६ करोड

काठमाडौं, माघ २७ स्वास्थ्य मन्त्रालयले आगामी चार महिना भित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ । सबै...