हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - February 6, 2017

काठमाडौं, माघ २४
सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने लक्ष्य लिइएको स्वास्थ्य मन्त्रालयले जनाएका छन् ।

फागुन २१, २२ र २३ गते ३० जिल्लाका दुई वर्ष भन्दा माथिकालाई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउनेछ । तीन दिनसम्म चल्ने अभियान अन्तर्गत पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथहरूमा औषधि खुवाइनेछ भने दो।ो र तेश्रो दिन घरघरमै पुगेर औषधि खुवाउने योजना छ ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरीले हात्तीपाइलेको औषधि खान नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताएका छन् । यस्तै, खाली पेटमा पनि यो औषधि नखान उनको सुझाव छ ।

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...