हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

‘मिस टिन कन्टेस्ट’को उपाधि रोजिका पोखरेललाई

इन्फोनेपाल संवाददाता/ मनोरञ्जन - February 6, 2017
miss-teen-final

काठमाडौं, माघ २४
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिस टिन कन्टेस्ट नेपाल (२०१७) प्रतियोगितामा ३१ प्रतिस्पर्धीलाई पछि पार्दै रोजिका पोखरेलले उपाधि जित्न सफल भएकी छन् ।

र्योम्प जोनद्धारा आयोजित प्रतियोगितामा मिस ट्यालेन्ट सहित फस्ट रनरअपको उपाधि कविना थापाले जितेकी छन् । मस्ट इन्टेलिजेन्ट सहित सेकेन्ड रनरअपको उपाधि भावना काफ्लेले जितेकी छन् । यस्तै शर्मिला सापकोटा थर्ड रनर अप र इशिका शाक्य फोर्थ रनरअप घोषित भएका छन् ।

व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्र्था याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठले जानकारी दिएकी छन् । फाइनल प्रतियोगिताको मुल्यांकनकर्तामा अभिनेता एवं मोडल नविन लम्साल, संगीतकार अनिल शाही, सञ्चारकर्मी सुमित जङ जबरा, एनआरएन आमेरिकाकी बबिता श्रेष्ठ र निशु झा रहेका थिए ।

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान

काठमाडौं, माघ १६ नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म...