हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - February 4, 2017

सल्यान, माघ २२
सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने हुन्छ । “सरकारले निःशुल्क रूपमा वितरण गर्ने भनिएका ७० प्रकारका औषधिको कुल मागको ५० प्रतिशत केन्द्र, ३० प्रतिशत क्षेत्र र बाँकी २० प्रतिशत जिल्लाबाट खरिद गर्ने व्यवस्था छ, जिल्लाले मात्रै खरिद गरेर आपूर्ति गर्न सक्दैन । केन्द्र र क्षेत्रबाट आउने औषधि दुई वर्षदेखि अनियमित भएको छ” जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले भनिन् ।

केन्द्र तथा क्षेत्रबाट औषधि प्राप्त नभए पनि जिल्लामा औाषधिको अभाव हुन नदिने जनस्वाथ्य प्रमुख डा रावलले जानकारी दिइन् । हाल जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र सहित सबै स्वास्थ्य संस्थामा आगामी दुई महिनाका लागि पुग्ने औषधि हस्तान्तरण भइसकेको छ, मन्त्रालयबाट औषधि खरिदका लागि थप रु १० लाख प्राप्त भएकामा सोको टेन्डर पनि भइसकेको जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले बताएकी छन् आगामी दुई महिनाका लागि पर्याप्त औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको बताइएको छ । रासस

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...