हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

मौलिक संस्कृतिक ‘बालन’जोगाउने अभियान

इन्फोनेपाल संवाददाता/ साहित्य/संस्कृति/सम्पदा - February 4, 2017

पोखरा, माघ २२
पछिल्लो वर्षमा डिस्को, दोहोरी र पप ब्यान्डले युवा पुस्तालाई आकर्षित गरेका अवस्थामा प्राचीनकाल देखि सञ्चालन हुँदै आएको बालन जोगाउने अभियानको यहाँ थालनी गरिएको छ ।

विशेष गरी पश्चिम नेपालका कास्की, तनहुँ, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत जिल्लाको मौलिक संस्कृतिका रूपमा रहेको बालन आधुनिक नृत्य एंव बाद्यवादनको विकाससँगै लोप हुने अवस्थामा पुगेका कारण यसको जगेर्नाका लागि अभियान सुरू गरिएको छ ।

कास्की एंव तनहँुका बासिन्दाको सक्रियतामा बालन संरक्षणको अभियानलाई साकार पार्ने उद्देश्यले यमप्रसाद पौडेलका अध्यक्षतामा इन्द्रप्रसाद भट्टराई, उमाकान्त ढकाल, यमबहादुर राउत लगायत रहेको नेपाली लोक संस्कृति संरक्षण प्रतिष्ठान समेत गठन गरिएको छ । अध्यक्ष पौडेलका अनुसार प्रतिष्ठानले कास्की, तनहुँका साथै आसपासमा प्रचलित बालनको थप अध्ययन अनुसन्धान गर्दै यसको दीर्घकालीन सञ्चालनका लागि पहल गर्ने भएको छ ।

देवीदेवताको गुणगानमा केन्द्रित बालन सृष्टिकाल देखिका भगवानका लीला र अवतारको वर्णनमा आधारित संस्कृति हो । अध्यक्ष यमप्रसाद पौडेलले आधुनिकताको मारमा धेरै प्राचीन संस्कृति लोप भइसकेको वास्तविकतामा मौलिक संस्कृतिका रूपमा रहेको बालनलाई संरक्षण गर्न प्रतिष्ठानले सक्रियताका साथ अभियान बढाउने बताएका छन् । यसको जगेर्नाको लागि सरकारको गम्भीर चासो र सहयोग पनि आवश्यक भएको बताएका छन् । रासस

भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक

काठमाडौं, माघ २८ ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः...

सुनसान रहेन अन्नपूर्ण पदमार्ग

लमजुङ, माघ २६ पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक...

चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

चितवन, माघ २४ कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई...