हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - February 4, 2017

बुटवल, माघ २२

रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दै घोषणालाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले भैरहवामा रहेको जिल्ला अस्पताललाई स्तर वृद्धि गरी १०० श्ययाको बनाउने कार्यलाई तत्काल कार्यान्यवन गरिने वचन दिँदै अस्पताललाई चाहिने उपकरण समेत तत्कालन उपलब्ध गराइने घोषणा गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले खोप अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै यस वर्ष खोपका चार प्रकार थप गरिन लागेको जानकारी दिएका छन् ।

वि.सं. २०७० मा रुपन्देहीमा पहिलो पटक तत्कालीन शङ्करनगर गाविस पूर्ण खोपयुक्त घोषणा भएको थियो । त्यसको तीन वर्ष पछि रूपन्देही पूर्ण खोप जिल्ला भएको हो । रासस

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...