हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

पहिलोपटक अत्याधुनिक उपकरणबाट उपचार सुरु

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - February 3, 2017

काठमाडौं, माघ २१
मानव शरीरका जुनसुकै अङ्गको तस्बिर खिचेर उपचारमा सघाउने अत्याधुनिक उपकरण कम्युटराइज्ड टोमोग्राफी जेमस्टोन स्पेक्ट्रल इमेजिङ (सिटी स्क्यान जिएसआई)बाट नेपालमै सेवा प्रवाह थालिएको छ ।

नवीनतम् प्रविधियुक्त उक्त उपकरणले मुटु र रक्तनलीलाई प्रष्टसँग देखाउने भएकाले मानवमा हुन सक्ने मुटु रोगको उत्कृष्ट उपचारमा यसको प्रयोग हुने गरेको सम्बद्ध चिकित्सकहरूले बताएका छन् ।

रोटरी फाउण्डेशनको सहयोगमा जमलस्थित ग्रान्डी सिटी हस्पिटलको मणिहर्ष डाइग्नोष्टिक सेन्टरले मुलुकमा पहिलोपटक सुरु गरेको उक्त सेवाको स्वास्थ्यमन्त्री गगनकुमार थापाले आयोजित एक कार्यक्रममा शुभारम्भ गरेका छन् ।

करिब १६ करोड मूल्य बराबरको उक्त उपकरणबाट सबै चिकित्सकीय समस्याको समाधान दिन सक्ने बताइएको छ । सो अवसरमा मन्त्री थापाले आम नेपालीलाई सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै जनसाधरणलाई सेवा प्रवाह गर्न अत्याधुनिक सुविधायुक्त सेन्टरसँग मिलेर काम गर्न सरकार तयार रहेको बताएका छन् ।

“हामी सेन्टरसँग सहकार्य गर्न चाहन्छौँ, अधिकभन्दा अधिक सेवाग्राहीलाई लाभान्वित बनाऔँ”– निजी क्षेत्रसँग साझेदारी गर्ने सरकारी नीति सुनाउँदै उनले भने । निकट भविष्यमा सरकारले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री थापाले त्यसनिम्ति नवीनतम् प्रविधियुक्त उपकरण भएको केन्द्रको साथ र सहयोग सरकारलाई चाहेको बताएका छन् ।

मणिहर्ष सेन्टरका अध्यक्ष रुप ज्योतिले संस्थागत सामाजिक उत्तरदायित्वबाट सेन्टर नचुक्ने बताउँदै सेवा प्रारम्भको अवसरमा विशेष छुटसहित न्यूनतम मूल्यमा सिटी स्क्यानको व्यवस्था गरिएको घोषणा गरेका छन् ।

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...