हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

नुवाकोट महोत्सवमा गोरु जुधाइ सम्पन्न

इन्फोनेपाल संवाददाता/ साहित्य/संस्कृति/सम्पदा - February 3, 2017
g'jfsf]6 dxf]T;j
a§f/df laxLaf/ cfof]lht rf}yf] g'jfsf]6 dxf]T;jdf uf]? h'wfOFb} . tl:a/M gjbLk >]i7, g'jfsf]6, /f;;

नुवाकोट, माघ २१
चौथो नुवाकोट महोत्सवमा गोरुजुधाइ सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन दर्शकले गोरु जुधाइ समेत हेर्ने अवसर पाएका छन् । जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ ।

तारुका र वेत्रावतीका एक एक हल गरी दुई हल गोरुले डेढ घण्टा जुधेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । तारुकाका धर्मबहादुर श्रेष्ठ र वेत्रावतीका अष्टमान डङ्गोलका गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठ तथा तारुकाका विष्णुलाल श्रेष्ठ र वेत्रावतीका चन्द्रबहादुर डङ्गोलको गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठको गोरुले जितेका थिए । विजेता गोरुधनीलाई रु १०–१० हजार र पराजित गोरुधनीलाई रु. पाँच–पाँच हजार प्रदान गरिएको सङ्घका महासचिव दीपक कायस्थले बताएका छन् ।

भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक

काठमाडौं, माघ २८ ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः...

सुनसान रहेन अन्नपूर्ण पदमार्ग

लमजुङ, माघ २६ पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक...

चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

चितवन, माघ २४ कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई...