हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

सिके राउत जनकपुरबाट पक्राउ

इन्फोनेपाल संवाददाता/ मुख्य समाचार - February 2, 2017
Ck-Rawat

जनकपुर, माघ २०
आफूलाई स्वतन्त्र मधेशको अभियन्ता ठान्ने सिके राउत आफ्नै डेराबाट आज पक्राउ परेका छन् । सिराह घर भई जनकपुरमा डेरा गरी बस्दै आएका राउतलाई कोठामा छापा मारेर आज दिउँसो प्रहरीले पक्राउ गरेकोे छ ।

राज्य विप्लबको मुद्दा समेत खेपेका राउतलाई प्रहरीले पक्राउ पूर्जी जारी गरी नियन्त्रणमा लिएको बताइएको छ । यसअघि पनि पटक पटक पक्राउ पर्दै रिहा हुँदै आएका राउतमाथि मुलुक विखण्डन गर्न खोजेको आरोप लाग्दै आएको छ ।

राउतले स्वतन्त्र मधेशका लागि युवादस्ता समेत गठन गरी तालिम प्रदान गर्दै आएको यसअघि खबरहरू सार्वजनिक भएका थिए ।